• २०८० असोज ४ गते बिहिवार

त्रिशुली अस्पतालको स्वास्थ्यकर्मीहरुबाट पिआरटी टिमलाइ प्रशिक्षण कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, नुवाकोट । नुवाकोटमा पिपिए को प्रयोग, कोरोनाबाट संक्रमित बिरामीको उद्दार तथा शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोनाबाट संक्रमित बिरामीको संख्यामा बृद्दि भई सम्पुर्ण जनमानसमा नै त्रासको बाताबरण श्रृजना हुदै गएको अवस्थामा अगामी दिनमा हुन सक्ने भयावह अबस्था तथा कठिन परिस्थितीमा यस्तो प्रशिक्षण दिइएको हो ।

संक्रमित बिरामीको उद्दार एवम् शव व्यवस्थापनको पुर्व तयारी अन्तर्गत आज त्रिशुली अस्पतालको स्वास्थ्यकर्मीहरुबाट जिल्ला प्रहरी कार्यालयमा गठन गरिएको Patient Receiving Team (PRT) लाई बिरामी उद्दार तथा शव व्यवस्थापनमा परिचालन हुँदा हुन सक्ने कोरोना भाइरसको संक्रमण, चुनौती र सुरक्षित उपाय अन्तर्गत पिपिए को प्रयोगको बारेमा प्रशिक्षण गराईएको थियो । साथै नुवााकोट प्रहरीले पिआरटी परिचालनको लागी तयारी अबस्थामा समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस