• २०८० असोज ४ गते बिहिवार

गाई काटेको आरोपमा दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, बाँके । बाँकेको नरैनापुर गाँउपालिकाबाट गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले घटनाको पुष्टि गरुेका हुन । मंगलबार बिहान ९ बजेको समयमा गाई काट्दै गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए । पक्राउ परेका ब्यक्तिको घरमा राखिएको मासु बरामद गरी परिक्षणकालागि वित्रि विज्ञान प्रयोगशाला नेपालगन्ज पठाईएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस