• २०८१ फाल्गुन २ गते शुक्रवार

सुनिलस्मृतिको प्रकोप व्यवस्थापनमा सहयोगि हातहरु बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नं. २ निवासि स्वर्गीय हिमालय कुमार सिंहको स्मृतिमा श्रीमती निर्मला राज्य लक्ष्मी देवी सिंह र छोरा अनुप कुमार सिंहको सौजन्य तथा सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुंग्रि निवासि रोषण गिरी र श्रवण गिरीको पहलमा मङ्गलवार सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीलाई १५ पिस पि.पि.ई. सेट हस्तान्तरण गर्नुभएको छ ।

पि.पि.ई. सेट बुझ्दै गाउँपालिका अध्यक्ष घर्तीले यो विपतको समयमा गाउँपालिकालाई सहयोग गर्नुहुने प्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ, साथै गाउँपालिका अध्यक्ष घर्तीको अध्यक्षतामा बैशाख १० गते बसेको गाउँपालिका भित्र रहेका सहकारी, वित्तिय संस्था तथा बैंकहरुसँगको बैठक पछि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा १० हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएका जनएकता बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कर्णबहादुर गिरी (आकाश)ले संस्थाको तर्फबाट गाउँपालिका प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गर्नुभएको प्रति अध्यक्ष घर्तीले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

साथै अध्यक्ष घर्तीले आम गाउँवासि तथा देशवासिहरुलाई भौतिक तथा आर्थिक सहयोग गरिदिनुहुन सवैमा आग्रह गर्नुभएको प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस