• २०८० असोज ४ गते बिहिवार

पत्रकार केसीमाथि भएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

भाबना हमाल पढ्न लाग्ने समय : २ मिनेट
बैशाख १६, दैलेख । नागरिक दैनिकका दैलेख संवाददाता गोविन्द केसीलाई समाचारको विषयमा गरिएको दुव्र्यवहार र धम्कीको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्य समितिले आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कार्य समितिका सदस्य समेत रहेका पत्रकार केसीलाई समाचार लेखेको आधारमा सार्वजनिक स्थानमा दिइएको धम्की प्रति गम्भिर ध्यानाकर्षण भएको महासंघले बताएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसी र कर्णाली प्रदेश समिति महासचिव दीपेन्द्र शर्माद्वारा हस्ताक्षरित छुटा छुट्टै प्रेस विज्ञप्ति जारी गरी केसी माथि भएको दुव्र्यवहार र धम्कीको आपत्ति जनाएको हो । प्रकाशित समाचार प्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुदाहुदै यस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको हाम्रो ठहर गरेको बताएका छन् ।
केसीलाई यस अघि २०७७ वैशाख १० गते लिखित समाचारको विषयलाई दैलेखको नारायण नगरपालिका चमेना गृह सञ्चालक छत्र थापाले केसीलाई सार्वजनिक स्थानमा धम्की दिँदै दुव्र्यवहार गर्दैै गाली गलोज गरेका थिए । महासंघ कुनैपनि पक्षबाट यस्ता उच्छृंखल र गैरकानुनी कार्य गरिनु झन निन्दनीय भएको र पत्रकार माथिका यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको हो ।
साथै जिम्मेवार निकाय र ब्यक्तिवाट यस्ता कार्य गर्न कानुन विपरित भएकोले आगामी दिनमा स्वतन्त्र, निर्भयका साथ पत्रकारीता गर्ने वातावरण मिलाउन सम्बन्धीत पक्षसंग माग गरेको छ । पत्रकार केसी माथि दुव्र्यवहार गर्ने थापालाई प्रहरीले प्रकाउ समेत गरेको छ घटनाको अनुसन्धान गरी आवश्यक कारबाही गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । नेपाल पत्रकार महासंघ संग छलफल गरिने र सोही सल्लाहअनुसार कारर्बाही अघि बढाईने कट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस