चैत १५, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेश ख का सांसद प्रकाश श्रेष्ठको पहलमा नार्गाजुन नगरपालिका वडा नं. १,२ र ३ मा किटनाशक औषधी छरिएको छ । सांसद आफैले औषधी स्प्रे गर्नुभएको थियो । उहाले नार्गाजुन १,२ र ३ वडामा माक्स तथा स्यानीटाईजर पनी बितरण गर्नुभएको थियो ।
नार्गाजुन नगरपालिका वडा नं. १ मा ३० सैयाको क्वारेन्टाइन बन्न लागेको नार्गजुन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र लामाले जनाउनु भएको छ । लामाका अनुसार नार्गाजुन नगरपालिकाको इचङ्गुमा सुबिधा सम्पन्न क्वारेन्टाइन बन्न लागेको हो ।