• २०८२ जेष्ठ २ गते बिहिवार

बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरस संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १५, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पाइएको छ । जोनसनले ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् ।

जसमा उनले आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताउँदै चिकित्सकको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको उल्लेख गरेका छन् । उनी अहिले सेल्फ आइसोलेसनमा रहेको र घरमै बसेर आवश्यक सरकारी कामकारबाही गरिरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस