फाल्गुन १६, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बुढिगण्डकी घट्टाको बाँध खोलको पुल शिलान्यास गर्नुभएको छ ।
नेपाल सरकार स्थानीय स्तरको सडक पुल कार्यक्रम अन्तरगत रु ६९ लाख आठ हजार ९भ्याट वाहेक०को लागतमा तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आज जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं। ७ स्थित उक्त पुल शिलान्यास गरिएको हो । ८ मिटर लम्वाई भएको रु १ करोड २६ लाख बराबरको रकम भएता पनि खुल्ला प्रतिस्पर्धाका कारण ६९ लाखमा निर्माण शुरु गरिएको हो । उक्त रकमबाट बचत भएको रकमबाट पनि गूण्डु वस पार्कसँगै अर्को पुल नै निर्माण गरिने भएको छ ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुर विकास र समृद्धिको हिसावले व्यापक मात्रामा अघि बढेको बताउँदै भक्तपुरको इतिहासमा नै सवैभन्दा बढी हाल साना १० वटा र ठूला ६ वटा गरी १६ वटा पुलहरु निर्माणको चरणमा रहेको जानकारी गराउनुभयो । भक्तपुरमा पुल तथा सडकहरु अधिकांश निर्माणको चरणमा रहेको जानकारी गराउँदै उहाँले काठमाडौँ र भक्पुर जोड्ने बेलिब्रिज, कौशलटार, गठ्ठाघर, भक्तपुर नगरपालिका जोड्ने पुल लगायतका ६ ठूला पनि निर्माण गरिदै गरेको बताउनुभयो ।
आफ्नो चाहना नै चुनावी प्रतिवद्धता पुरा गर्दै जनताको विकास प्रतिको सपना पुरा गर्ने भएको उल्लेख गर्दै उहाँले आगामी पाँच वर्ष भित्रमा काठमाडौँ उपत्यकामा प्लेनबाट हेर्दा समेत भक्तपुर स्पष्ट रुपले छुट्टीने गरी विकास गर्ने समेत उद्घोष गर्नुभयो । भक्तपुरमा स्मार्ट सिटी तथा ल्याण्ड पुलिङलगायतका आयोजनाहरु निर्माणको प्रकृया अघि बढिरहेको जानकारी गराउँदै उहाँले स्मार्ट सिटीको निर्माण सम्पन्न भएपश्चात मुलुकको मात्र नभई विश्वकै उत्कृष्ट विकास भएको जिल्लाको रुपमा भक्तपुरको पहिचना स्थापीत हुने दावी गर्नुभयो । स्मार्ट सिटीको निर्माणसँगै जनतालाई अनिवार्य आवश्यक पर्ने विकासका कार्यहरु हुने स्पष्ट पार्दै कुनै पनि यो वा त्यो बहानामा विकास नरोकिने बताउँदै आफ्नो लक्ष्य भनेको नै काम, काम, काम भएको उल्लेख गर्नुभयो ।
२०५४ सालमा स्व। मनमोहन अधिकारीबाट उद्घाटन गरिएको गुण्डु९बुढीगण्डकी पुललाई सोही अवस्थामा राखेर छेउमा अर्को पुल बनाइने जानकारी गराउँदै उहाँले सडक तर्फ पनि महत्वपूर्ण काम भएको जानकारी गराउनुभयो । बालकोट९रानीकोड सडकखण्डमा ४० करोडको टेण्डर सकिएको, शिवटार जाने सडकमा ६ करोडको काम सकिएको रेडक्रस सडकमा थप ७५ करोड बजेट परेको जानकारी गराउनुभयो । त्यस्तै पलासेदेखि डोलेश्वरसम्म ३ किलोमिटर बाटो १४ करोडको लागतमा सकिएको, आदर्शचोकदेखि घ्याम्पेडाडा जाने सडक ७ करोडको बजेट छुट्टाइएको जानकारी गराउँदै अबका दिनमा भक्तपुरका जनताले त्यहाँ विकास भयो, मेरोमा भएन भन्ने दिन नआउने समेत स्पष्ट पार्नुभयो ।
कतिपयले विकासको नाममा राजनीति गरिरहेको प्रशंग कोट्याउँदै विकासको विरोधीलाई कामबाट जवाफ दिने समेत उल्लेख गर्नुभयो । विरोधीले चुनावमा भोटको लागि अनावश्यक विरोध तथा भ्रम फैलाउने कार्यहरु भइरहेको उल्लेख गर्दै उहाँले अनावश्यक भ्रमको जनताले स्पष्ट जानकारी भएको बताउनुभयो । भक्तपुरको विकास दिन र रात छुट्टीने गरि भएको जहाँ कसैले दिनलाई रात र रातलाई दिन बनाउने प्रयास नगरेको उत्तम हुने उल्लेख गर्दै अनावश्यक कुराको खोकाई भनेको उसको छाती कमजोर भएकाले खोक्ने गरेको उदाहरण दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपािलका वडा नं। ७ का वडाध्यक्ष रबिन्द्र सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।