• २०८० असोज ५ गते शुक्रवार

न्यु स्टार ईङलिस बोर्डिङ स्कुलको २५ औ बार्षिक उत्सव भव्य समारोहका बिच सम्पन्न

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको न्यु स्टार ईङलिस बोर्डिङ स्कुलको २५ औ बार्षिक उत्सव भव्य समारोहका बिच शुक्रबार सम्पन्न भएको छ । बिद्यालय व्यस्थापन समितीका अध्यक्ष प्रयाग लाल भण्डारीको सभापतित्व संगै सुरु भएको कार्यक्रमका प्रमुख अथिती नाष्ट कलेज धनगढीका प्रमुख शिवहरी मुडभरी रहनु भएको थियो ।

त्यस्तै बिशिष्ट अतिथीमा घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी, वडा न १ का वडा अध्यक्ष तथा घोडाघोडी नगरपालिका प्रवक्ता मनराज शाहि रहनु भएको थियो । कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीलाई पुरुस्कृत समेत गरिएको छ । बिद्यालयको स्थापना कालदेखि बिभिन्न कालखण्डमा बिद्यालयमा यहासम्म ल्याउने व्यक्तित्वलाइ समान समेत गरिएको छ । दरख सुखड खानेपानी तथा सरसफाई समितीका सस्थापक अध्यक्ष नन्दराम आचार्य, शिक्षक पुर्णराज जोशी लाइ सम्मान गरिएको हो । त्यस्तै एस ई ई मा A ग्रेड ल्याएर घोडाघोडी नगरपालिका प्रथम हुने कृष्ण गौतम , A ग्रेड ल्याएर द्धितिय हुने बिवेक भण्डारीलाई समेत सम्मान गरिएको थियो ।

संञ्चालक समितीका सदस्य चन्द्र प्रसाद आचार्यको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संञ्चालन भने संञ्चारकर्मी भानुभक्त आचार्य र कलाकार राशी रिजालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस