• २०८० असोज १७ गते बुधवार

वडा सचिव घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, धनुषा । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुर रु. २०,०००।– घुस रकमसहित पक्राउ परेका छन ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले ठाकुरलाई सेवाग्राहीसँग रु. २०,०००।– घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिईएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार वडा सचिव ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस