• २०८१ चैत्र २ गते आइतवार

दाङमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, दाङ । दाङको बागरखोलामा बिहीबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरको मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ को बागरखोलामा दुर्घटना हुदा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएको तुलसीपुरका प्रहरी निरीक्षक चक्रबहादर डमरपालले जानकारी दिए । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस