• २०८१ बैशाख १३ गते बिहिवार

कम्प्युटर अधिकृत घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारी रु. १०,०००। घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन ।

आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीले बिद्युतिय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग घुस लिएका हुन । विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले अधिकारीलाई सेवाग्राहीसँग रु. १०,०००।– घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस