मंसिर १२, मोरङ। उदयपुरको त्रियुगा नगरपालिका १३ जोगीपोखरीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ५ सप्तरीका प्रदिप देउजा रहेका छन् ।
उनको साथवाट लाई १९ ट्याब्लेट लागुऔषध नाईटोजेपाम वरामत भएको अस्थायी प्रहरी पोष्ट तरकारी बजारले जनाएको छ । पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।