असोज ११, काठमाडौं । कोरोना भाईरस संक्रमण विरुद्ध जनचेतनालाई सशक्त बनाउँदै नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन र कोभिड १९ को कारण समस्यामा परेका स्थानियलाई सघाउ पुर्याउने उद्धेश्यले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य वसन्त मानन्धरले, काठमाण्डौ क्षेत्र नं ७ (१) मा सुरुगर्नूभएको, कोभिड-१९ सक्रमण नियन्त्रण र रोकथाम विषयक अन्तर्क्रिया कार्यक्रमको दोश्रो दिन कामपा १७ नं वडाको भोयछेँ, खुसिबुँमा सम्पन्न भएको छ ।
भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गर्दै उत्साहपूर्वक सम्पन्न
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य वसन्त मानन्धर, क्षेत्रपाटी नि:शुल्क जनचिकित्सालयका मेडिकल डाइरेक्टर डा. प्रेमलकुमार जोशी जनस्वास्थ्य अभियन्ता श्री सलिना शाही, १८ वडा अध्यक्ष न्हुच्छेक़ाज़ी महर्जन, १७ नं. वडा सदस्य बाबुराजा महर्जनले बिषय केन्द्रित सम्बोधन गर्नूभएको थियो । कार्यक्रमको संचालन कामपा १७ का स्थानीय पार्टी नेता क. मचाराजा महर्जनले गर्नूभएको थियो । उक्त अन्तर्कृया कार्यक्रमले आवश्यकता अनुरुप टोल-टोलमा जनसचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ ।