• २०८१ माघ २ गते बुधवार

 उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८०९ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ गरी ८०९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ८ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५३ हजार ८ सय ९८ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ७७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस