• २०८१ चैत्र ३ गते सोमवार

न म ड्रग्स लिन्छु, न मेरो पार्टीमा ड्रग्स हुन्छ : करण जौहर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, एजेन्सी । बलिउड निर्देशक तथा निर्माता करण जौहरले एक विज्ञप्ति जारी गर्दै आफूले आयोजना गर्ने पार्टीमा लागुऔषध नहुने बताएका छन् । करणले आफूले लागुऔषध सेवन नगर्ने र यस्तो पदार्थको सेवनलाई बढावा नदिने पनि बताएका छन् ।

करणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही मिडिया र सामाजिक सञ्जालमा २०१९ को २८ जुलाईमा मेरो घरमा भएको पार्टीमा लागुऔषध सेवन गरेको भन्ने गलत खबरहरु फैलिरहेको छ,” “मैले २०१९ मा नै यो खबर गलत हो भनेर स्पष्ट गरिदिएको थिएँ । अहिले फेरि फैलिएको भ्रष्टभ्रामक अभियान देख्दा म पुनः एकपटक भन्न चाहन्छु की यी आरोपहरु आधारहीन र गलत छन् । उक्त पार्टीमा कुनै पनि किसिमको लागुऔषध सेवन गरिएको थिएन ।”

सुशान्तसिंह राजपूतको मृत्यु प्रकरण मुद्दा लागुऔषध विषयमा मोडिएसँगै बलिउडमा लागुऔषधबारे सोधखोज सुरु भएको हो । जसमा करणको घरमा २०१९ मा आयोजित पार्टीका भिडियो र फोटोहरु भाइरल भएको थियो । उक्त फोटो र भिडियोमा थुप्रै बलिउडकर्मीहरु नशामा तल्लिन देखिएको थियो, जसकारण करणको पार्टीमा लागुऔषध उपलब्ध थियो भन्ने खबरहरु बाहिरन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस