• २०८१ मङ्सिर २४ गते सोमवार

कोरोना संक्रमित प्रहरीको संख्या ४ हजार १ सय ५ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौँ । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ । जसमध्ये १८ सय ७१ जना सक्रिय संक्रमित छन् । २२ सय ३४ जना डिस्चार्ज भएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत २९१ जना संक्रमित छन् भने उपत्यकामा ६९२ जना सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा १६२ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १५८ जना, वाग्मती प्रदेशमा १२४ जना, गण्डकी प्रदेशमा १५६ जना, प्रदेश ५ मा १५३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८० जना सक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया दिनुहोस