असोज ११ ,मुगु । रारा नगरपालिका वडा नं १४ बामका वडा अध्यक्ष नन्दलाल बढुवालको मिलेमत्तोमा ड्रोन क्यामारा उडाएर भिडियो खिचि रहेको पाईएको छ । ड्रोन क्यामारा खिच्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भए पनि छायानाथ रारा नगरपालिको वडा नम्बर १४ बाम र चंखेली हिमालको भिडियो खिच्ने काम भएको हो ।
ड्रोन क्यामारा चलाउनका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भए पनि क्यामरा पर्सन अर्थात ड्रोन क्यामारा का भोजराज भाटले अनुमति नै नलिई मनपरि रुपमा ड्रोन क्यामारा उडाई रहेको जनाईएको छ ।
यसरी जिल्ला प्रशासन कार्यालयमा कुनै जानकारी समेत नभएर चंखेली हिमालमा ड्रोन क्यामारा उडान भईरहेको भन्ने सुनिए पछि आवश्यक कार्वाहीको प्रक्रिया बढाईने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए । उनले भने आफु लाई कुनै पनि जानकारी छैन उनीहरुले आफ्नो मनमानि ढंग बाट ड्रोन क्यामारा उडाउन नपाईने जानकारी दिए ।
भाटले चंखेली हिमाल र बामका गाउँबस्तीमा शनिवार देखि ड्रोन क्यामारा क्यामारा उडान गरि रहेका छन । ड्रोन क्यामारा उडाउन नदिनु पर्ने भए पनि १४ नम्बर वडाध्यक्ष नन्दलाल बढुवालले उसले क्यामारा नचलाएको दावी गरेका छन भने भोजराज भाट पर्यटक भएकाले उनले ड्रोन क्यामारा चलाउदा केही फरक नपर्ने पनि अध्यक्ष बढुवालले दावी गरेका छन ।
तर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले प्रशासनको अनुमति विना ड्रोन चलाउन नपाउने भने पनि चंखेलीमा ड्रोन उडाउदा केही फरक नपर्ने वडा नम्बर १४ का वडाध्यक्ष नन्दलाल बढुवालले अडान गरेका छन् ।