• २०८२ जेष्ठ १ गते बुधवार

दाङमा १३ जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, दाङ । दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङका अनुसार गोप्य सूचनाको आधारमा तुल्सीपुर उप-महानगरपालिका वडा नं. ६ मा रहेको भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा दाङको तुल्सीपुर उप-महानगरपालिका वडा नं।६ का रोशन बुढाथोकी, भरत वि.क , हेमन्त शाही, सुशिल वली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उ. म.न.पा.१३ का मालबहादुर वली, केशव डाँगी ,अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका धर्मराज बुढाथोकी र दीपक वली रहेको प्रहरीले जनाएको छ ।

हरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको परह्रिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस