• २०८२ जेष्ठ २ गते बिहिवार

सुनका गहनासहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११ ,कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ परेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहनासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस