असोज ११, भारत । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ कोरोना संक्रमित थपिसगै संक्रमितको संख्या ५९ लाख ३ हजार ९३२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको मृत्यु भएसगै कुल संख्या ९३ हजार ३७९ पुगेको छ । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालमा छन् ।