भदौ ११, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गतेदेखि लकडाउन गर्नेे भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबारदेखि लकडाउन गर्ने तयारी बैरहेको र उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले शुक्रबार देखि कर्मचारीहरुको स्वास्थ चेकजाँच गरेर अगाडि बढने जानकारी दिनुभयो ।
शनिबार देखि लकडाउन गर्ने विषयमा शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो संक्रमणदर बढ्दै गएको अवस्थामा लकडाउन बाहेक अरु विकल्प रहेन । सार्वजनिक स्थानमा भिडभाड बढ्दै गएको हुँदा संक्रमण रोकथामाका लागि जिल्लामा अत्यावश्यक बाहेक अन्य सबै बन्द गरिने दाङका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभएको छ ।