• २०८१ कार्तिक २४ गते शनिवार

घोडाघोडि नगरपालिकाको कौवामा गरे स्थानियले गाउँ सिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ११ , कैलाली । जिल्लाको घोडाघोडि नगरपालिका १ कौवा गाउँमा गाउलेले गाउ सिल गरेका छन , पथराम चौधरीको अध्यक्षतामा बसेको बैठकले लकडाउनलाई मध्यनजर गरेर गाउँ सिल गर्ने अध्यक्षको निस्कर्ष निकालिएको थियो ।

नजिकैको गाउँमा कोरोना माहामारी फैलिएको भन्दै गाउँमा कसैलाइ न आउन पनि उहाले आग्रह गर्नु भयो कोरोनाले चारैबाट घेरिसकेको र आफ्नो गाउँलाई सुरक्षित राख्न यो पहल गरिएको हो । आफ्नो गाउँमा भएका अटो मोटरसाइकला अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्न उहाँले जानकारि दिनु भएको छ। यो ,काममा खटिनको लागि ५ सदस्य समेत गठन गरिएको उहाँले बताए । एता कैलालीको घोडाघोडी नगरपालिकाका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको छ ।

बिहीबार स्वास्थ्य शाखाका एक,योजना शाखाका एक र एक जना चालकमा कोरोना पुष्टि भएपछि शुक्रवारबाट नगरपालिका सिल गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए । घोडाघोडि नगरपालिकाको कामलाई मध्यनजर गर्दै आज गाउँमा पनि आवत जावत नगर्न आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस