• २०८१ असोज १९ गते शनिवार

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौँ । वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ । इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो । त्यसयता ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार बुधबार मात्रै नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको छ ।

सेन्चुरीका अनुसार बुधबार नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण भएको छ ।स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि अस्पतालको सेवा समेत प्रभावित हुन थालेको निर्देशक सेन्चुरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस