• २०८१ माघ ८ गते मङ्गलवार

१० वर्ष कैद सजाए तोकिएका १२ जना फरार अभियुक्त १० दिनमा पक्राउ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ ११, मुगु । हिमाली जिल्ला मुगुको जिल्ला प्रहरी कार्यालय मुगुले भदौ महिनाको १० दिनमा १२ जना फरार अभियुक्त लाई पक्राउ गरेको छ । जबरजस्ती करणी र चोरी मुद्दा , कुटपिट , सामान्य झगडा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नं ११ रिखिया बस्ने परेक राज शाहीका छोरा वर्ष २१ का शुक्रराज शाहीलाई २०७७ साल भदौ ९ गते साझँ ७ ः ३० बजे खत्याड गाउपालिका वडा नं ११ बिरा बगर भन्ने स्थान बाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । बुधवार पत्रकार भेटघाटमा सो प्रतिवादि लाई सार्वजानिक गरेका हुन । उनले भने प्रहरीले पक्राउ गरेर जिल्ला अदालत मुगुमा पेश गरेको छ ।

नेपाल बाट फरार रहेका भारतको पञ्जाबमा लुकेका शाही लकडाउनको मौका छोपि घर पुगेका शाही लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपि शाहको भनाई रहेको छ । ७४ फागुन २१ गते अदालतले शाहीलाई १० वर्ष कैद र ६९ हजार तीनसय रुपैयाँ जरिवनाको फैसला गरिएको कार्यालयले जनाएको छ । साविवको कोटडाडा गाविस वडा नं ४ हालको खत्याड गाउपालिका वडा नं ११ डाडबन स्थितमा लुकरे बसेका शाहीलाई पक्राउ गरि अदालतमा पेश गरिएको छ । कार्यालयले भदौ महिनाको १० दिनमा १२ जना फरार अभियुक्त लाई पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार , लागु औषध ओसार पोसार गर्ने व्यक्ति लाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । उनीहहरु धरौटीमा छुटेको उनले बताए । डिएसपि साहले आफु मुगु जिल्लामा आए पछि जिल्ला लाई लागु औषध मुक्त जिल्ला बनाउने उद्देश्यका जिल्ला लाई शान्ति सुरक्षा अमन चयन लगायत अन्य विभित विषयमा प्रहरीले कदम चालेको बताए ।

प्रतिक्रिया दिनुहोस