• २०८१ पुष २८ गते आइतवार

कलैयामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११,बारा । बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।


गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस