• २०८१ माघ ११ गते शुक्रवार

एनआरएनएद्वारा विना भेदभाव विदेशमा अप्ठेरोमा परेकालाई उद्धार गर्न सरकारलाई आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११ काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।आज प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल फर्काइदिनु पर्यो ‘इलिगल (अवैधानिक रुपमा बसोबास गरेका) हरुलाई सरकारले उद्धार र राहतमा पारेन । जे भए पनि ती नेपाली हुन् ।’ ‘नेपाली फर्काउँदा १ अर्ब पनि खर्च हुँदैन । यो सरकारले गर्नुपर्छ । राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम हुँदैनन् ।’

विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेको भन्दै पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्ने क्षेत्रीले बताए । नेपाल फर्किएपछि पनि उनीहरुलाई मनोपरामर्श दिनुपर्ने क्षेत्रीले बताए । विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुव्र्यवहार गर्न नहुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस