भदौ ११, रोल्पा । रोल्पामा गएराति दुई बजे चिनी चाहियो भन्दै पसल खोल्न लगाएर पसलेको हत्या भएको छ ।परिवर्तन गाउँपालिका-३ मा बुधबार राति दुई बजे ४४ वर्षीय रामचरण बादीले ४० वर्षीय मनबहादुर बादीको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरू एकै टोलमा बस्ने गर्थे । प्रहरीका अनुसार रामचरणलाई पक्राउ गरिसकेको छ । रामचरणले वनचरोको बिडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।