भदौ ११, काठमाडौँ । गत साता कान्तिपुर दैनिकमा नेताहरुको पहिरो पर्यटन, बस्ती जोगाउने योजना छैन, हेलिकप्टर चढ्ने होड” शीर्षक लेख पढी केही लेख्न मन लाग्यो । कोरोनाको महामारीसंगै देशका विभिन्न भागमा गएको बाढी पहिरोको कारण व्यापक धन जनको क्षति भएको छ ।
राज्य तथा चन्दादाताहरुको तर्फबाट सक्दो सहयोग पनि भएको छ तर सिन्धुपाल्चोकको विभिन्न ठाउँमा गएको पहिरोमा परिभएको त्यो व्यापक धन जनको क्षतिमा भने सभामुखको भिजिट लगत्तै प्रदेसस्तरका जानकारहरुको हेलिकप्टर मोहले जरो गाड्यो र व्यापक आवत जावत भयो, नजर लगाइयो, डरपोक भगाइयो, आश्वासनका पोकाहरु बाडियो, उता कतिपय स्थानहरुमा भने भुकम्पले टांचा लगाइसकेको थियो ता कि वर्षा हुनासाथ पहिरोको डरले जनजीवन अस्तब्यस्त भइरहेको थियो ।
तर , यता ६ वर्ष अगाडि सुनकोसी थुनिएर डांडै खसेर गएको जुरे पहिरोका कारण लगभग १४५ जनाले ज्यान गुमाइसकेका थिए भने कयौं घरवारबिहीन भएका बखत सरकारको तर्फबाट भएको विभिन्न चरणको भिजिटमा तात्कालिन अवस्थाका पिडीतहरुले आश्वासन प्रशस्तै पाए तर वास्तविक राहत पाउनबाट अझैपनि बंचित भइराखेको अबस्था छ ।
त्यसैले सरोकारवाला ब्यक्तिहरुलाई आम सर्वसाधारण जनता र पिडीतहरुको गुनासो के हो भने पिडीतलाई राहत दिने सन्दर्भ केलाउदै आश्वासनको खल्ती टालिदिने नाममा हेलिकप्टर चढ्ने चोचोमोचो मिलाउन भन्दा त्यो पैसा नै राहतको प्याकेजमा समाबेस गरिदिनुभयो भने पिडीत वर्गले केही राहतको महशुस गरि सन्तोसको श्वास फेर्न पाउथे कि ! अन्यथा आश्वासनले मात्र खल्ती भरीइरहने हो भने आखिर ब्यबस्था र पात्र फेरिएपनि जनताको अबस्था र पात्रहरुको प्रबृति उहीँ पुरानै भएन र ?