• २०८१ माघ ८ गते मङ्गलवार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११ , वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । भदौ ११ गते बिहीबार विहान ८ः१० मा उनको मृत्यु भएको नारायणी अस्पतालमा सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

दुवै मिर्गौला फेल भएका कारण एक वर्षदेखि उनले वीरगञ्ज हेल्थ केयर अस्पतालमै डायलायसिस गराउँदै आएका थिए ।कोरोना संक्रमण पुष्टि भएपछि पनि हेल्थ केयरमा उनको मिर्गौलाको डायलायसिस गराइएको थियो ।वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस