भदौ ११, पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनको आज बिहान ८ बजे मृत्यु भएको हो । संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन । निर्देशक डाक्टर आचार्यले शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।