• २०८१ माघ २६ गते शनिवार

सन्दीप र मुजिव उत्कृष्ट प्रदर्शन गरे पनि जमैका पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । स्पीनरद्वय सन्दीप लामिछाने र मुजिव उर रहेमानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएपनि ब्याटिङ राम्रो हुन नसक्दा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिगमा यस सिजन तेस्रो हार व्यहोरेको छ ।बिहीबार बिहान सम्पन्न खेलमा जमैका साविक विजेता बार्बाडोस् ट्राइडेन्ट्ससँग ३५ रनले पराजित भएको हो । खेलमा नेपाली स्पीनर सन्दीपले २ विकेट लिए । यस्तै अफगानिस्तानका मुजिवले ३ विकेट लिए । तर टिमको ब्याटिङ चल्न नसक्दा जमैकाले तेस्रो हार व्यहोर्‍यो ।


क्वीन्स पार्क ओभलमा १४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो । जमैकाका लागि एनक्रुम बेनरले ३१ र जर्मेन ब्ल्याकडले २८ रन बनाए । नेपालका सन्दीपले ब्याटिङमा ६ बल खेल्दै ४ रन जोडे ।

प्रतिक्रिया दिनुहोस