भदौ ११, काठमाडौं । महानगरीय प्रहरी वृत जनसेवामा कार्यरत ८ जना प्रहरीमा कोरोना भईरस संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका प्रहरीलाई महाराजगञ्ज स्थित प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
मङ्गलबार पाँच जनामा पुष्टि भएको र बुधवार थप ३ जनामा संक्रमण देखिएको बताइएको छ । संक्रमण देखिएपनि प्रहरी वृत जनसेवा सिल गरिएको छैन ।भदौ १२ पछि कोरोना भाइरस पुष्टि हुने प्रहरी कर्मचारीले बीमा बापत १ लाख रकम पाउँछन् ।