• २०८१ माघ ८ गते मङ्गलवार

बुटवलको कोरोना अस्पतालमा एक पुरुषको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा. थापाले बताए ।

प्रतिक्रिया दिनुहोस