भदौ ११, काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ ।११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण ग¥यो।
बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन।लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले। व्यापार व्यवसाय पनि चलाउन थालियो। मजदुरहरू काममा लागे। तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन। जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन् ।