• २०८२ बैशाख १७ गते बुधवार

सिजाका स्थानीय बासी सञ्चार विहिन :फोन गर्न डाँडामा

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

साउन १२ मुगु । विश्वले सञ्चार क्षेत्रमा आकास पातल फड्को मारिसकेको समयमा नेपाली भाषाको उद्गम स्थलको रुपमा चिनिएको जुम्लाको सिजाका नागरिकहरु भने करिब ३ वर्ष देखि नै सञ्चार विहिन रहेका छन् । नेपाल टेलिकमको नमस्ते टावर निर्माण गर्नका लागि ल्याएका लाखै मूल्यका सामानहरु अहिले छेद बिच्छेद अवस्थामा रहेका छन् ।

नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच र ग्राहकहरुको मन जितेता पनि नेपाली भाषाको उद्गम थलो कनकासुन्दरी गाँउपालिमा भने सञ्चार क्षेत्रको पहुँच बाट टाढा रहेको छ । पटक पटक कनका सुन्दरी गाँउपालिकाको पहलमा नेपाल टेलिकमलाई अनुरोध गर्दा पनि गाँउपालिकाको वडा नम्बर ६ बिराटमा नेपाल टेलीकमले थ्रिजी सहितको सेवा विस्तार गर्ने भनिएता पनि करिब ३ बर्ष पहिला ठेक्का गरेर लाखै मूल्यका सामानहरु ल्याएता पनि कुनै पनि निकायले चासो नदिदा हाल सो सामानहरु अलपत्र अवस्थामा रहेको कनकासुन्दरी गाउपालिकाले जनाएको छ ।

नेपाली भाषाको उद्धगम थलोमा बसोबास गर्ने २२ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना नागरिकहरु सञ्चार बिहीन भएका छन । कनकासुन्दरी गाउपालिका वडा नं ३ का स्थानीय लालसिह बुढा लाई विदेशको कतारमा रोजगारीको लागि गएका आफ्ना भाई लाई सम्पर्क गर्न घर बाट करिब १ घण्टाको उकालो बाटो चढेर डाडामा पुगि बल्ल आफ्नो भाईको आवाज सुन्न पाउछन् । नेपाल टेलिकमले मोवाईन सेवा सहित थ्रिजि सेवाको टावर निमार्णको लागी ल्याएका लाखै मूल्यमा सामान सोलर पाता, ब्याटि, सरिया सिमेन्ट अल्पत्र परेर नष्ट भएको छन भने हिजो आज गाई गोरु चराउन जाने स्थानिय बासिहले सोलरको ब्याट्रिबाट मोवाईल चार्ज गर्ने गरेका छन । सबै भन्दा नेपाल टेलिकम र ठेकेदारहरुको लापर्वाहिले अहिले सम्म मोवाईल टावर नबनाउदा कनका सुन्दरी गाँउपालिका बासी सबै सञ्चर बाट टाढा रहेको स्थानिय बासीको गुनासो रहेको छ ।

एकातिर कनकासुन्दरी गाँउपालिकामा बस्ने स्थानिय लाई त सञ्चार बिहिन भएकै छन तर गाँउपालिकाको कामकाज गर्न पनि निकै कठिनाई आएको जनाईएको छ । गाँउपालिका बाट ५ वटा पत्रहरु नेपाल टेलिकमलाई पत्रचार गरिसक्दा पनि नेपाल टेलिकम कार्यालय र ठेक्कादारले कुनै पनि सुनुवाई नगर्दा टेलिफोन टावर बनाउन समस्या आएको कनकासुन्दरी गाउपालिकाका अध्यक्ष नरविर रावतले जानकारी दिए । टेलिफोन टावर लाम्रो सयम सम्म अलपत्र परेको छ । सबै भन्दा ठेक्कादार र नेपाल टेलिककको लापरवाईको कारण रहेको कनका सुन्दरी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भरत बहादुर शाहीले बताए ।

पर्यटन क्षेत्रको प्रयाप्त प्रख्यात ठाउ रहेको नेपाली भाषाको उद्धगम थलो सिजामा रिपोटिंग जाने क्रममा नेपाल टेलिकमको ३ वर्ष देखि अलपत्रमा परेको र लाखौ मुल्यको सामानहरु अलपत्र अवस्थामा रहेका कनकनसुन्दरी ६ बिराटमा रहेको टावर हाल सम्म निर्माण नहुनु ठेकेदार र नेपाल टेलिकमको निकै लापरवार्हि देखिएको टेलिफोन टावर नहुदा समाचार सम्प्रेषण र प्रकाशन गर्न कठिनाई भएको न्युज २४ नेपालका मुगु जिल्ला सम्वादाता दान बहादुर बुढाले सिजाबाट जानकारी दिए । केन्दीय कार्यालय ,क्षेत्रीय कार्यालय,लगाएत सबै निकायमा जादा-जादै थाकि सकेका छौ, ठेक्कादारको लापरवाई भएपनि नेपाल टेलिकम कता लुकेर बसेको छ । मोवाईल टावर र ईन्टरनेटको सेवा नहुदा कनकासुन्दरी गाँउपालिका ओझेलमा परेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय रावतले जानकारी दिए ।

यता नेपाल टेलिकम कार्यालय ठेक्कादारलाई छिटोकाम सम्पन्न गर्नको लागी ताकेता र परिपत्र गरी सकेको छ केही दीनका काम नभए ठेक्का तोड्ने समेत चेतावनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस