• २०८१ पुष २९ गते सोमवार

जुम्लामा छोरोले गरे बावुको हत्या

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

साउन १२ मुगु । जुम्लामा आफ्नै छोराले बावुको ह’त्या गरेका छन् । जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ४ निवासी ७५ बर्षिय वृद्ध बुवा दानबहादुर शाहीको साउन १० गते राति छोरा ऐन बहादुर शाहीले आफ्नै बुवाको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक (डिएसपि) लाल बहादुर धामिले जानकारी दिए ।

डिएसपि धामिका अनुसार छोरा ऐनबहादुर शाहीले आफ्नै बुवाको हानेर ह’त्या गरेको प्रहरी नायव उपरीक्षक धामीले खवर 24 नेपाल लाई टेलिफोन मार्फत जानकारी गराए । उनका अनुसार छोरा ऐनबहादुरले आमा बुवा दुवैलाई ह’त्या गर्न प्रयास गरेका थिए । छोरा शाहीले मदिरा सेवन गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटना पछि घा’ईते भएका शाहीलाई उपचारको लागि सदरमुकाम खलंगमा ल्याउदै गर्दा बिच बाटोमै मृ’त्यू भएको र श’व अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको प्रहरी धा’मिको भनाई रहेको छ ।

यस्तै गरि छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराई सहितको टोली कनकासुन्दरीको घटना स्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक शाहीको टाउको, आखा र कोखामा घाउ भएको छ भने आमा लाई सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । शाही पूर्व नेपाल प्रहरीका असई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस