साउन १२, काठमाडौँ । थप १३९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज १३९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ६२६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १३ हजार ७ सय ५४ जना रहेको छ भने मृ’त्यु हुनेको संख्या ४८ जना पुगेको छ ।