• २०८१ जेष्ठ ६ गते आइतवार

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १२ ,सल्यान । सल्यान प्रहरीका अनुसार पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाका शेरबहादुर बस्नेत,जबरजस्ती करणी मुद्दाका हिरालाल भन्ने लालबहादुर शाहु, सार्वजनिक मुद्दाका रामबहादुर बुढाथोकी, जारी मुद्दाका सुनिता बुढा, लुटपाट मुद्दाका होमबहादुर बुढा र समबन्ध बिच्छेद मुद्दाका रेखा बुढा रहेका छन् ।

सल्यान जिल्ला अदालतको पत्रादेशानुसार विभिन्न मितिमा फैसला भई फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्रउ परेका सबै जनालाई आवश्यक कारबाहिका लागि जिल्ला अदालत सल्यानमा उपस्थिति गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस