• २०८१ जेष्ठ ३१ गते बिहिवार

लाईसेन्स बनाईदिने भनि रकम माग गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १२, काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनि विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका ८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका ३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनि विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस