श्रावण १२ , कैलाली । कैलालीमा करेन्ट लागेर आइतबार एक युवकको मृत्यु भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै वेल्डिङ पसलमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको मालाखेती प्रहरीका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। करेन्ट लागेर घाइते भएका पुलसिंहको पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।