• २०८२ जेष्ठ १ गते बुधवार

अनिश्चित भनिएको थारिम खुल्यो, आफै खोल्छन् आफै लगाउछन

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार १३, मुगु । अनिश्चितकालिन भनिएको जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाको थारिम शनिवार खोलिएको छ । नेपाल कम्युनिष्ठ पार्टी नेकपा मुगु सर्मथक जनप्रतिनिधि कार्यकर्ताले नगर प्रमुख हरिजंग शाहीले आफ्नै मनपरि ढंगले सातौ नगरसभा सुचारु गरेको आरोप लगाएर गएको बिहिबार देखि छायाँनाथ रारा नगरपालिकाममा ताला बन्दी गरेका थिए ।

शनिबार छायाँनाथ रारा नगरपालिका उपमेयर सुन्तला रोकाया सहित नेकपाका जनप्रनिधि नगरपालिकामा आई प्रहरी र पत्रकारको रोवहरमा आफैले लगाएको थारिम आफैले खोलेका छन् । उनीहरुले कसरी थारिम लगाए के कारणले लगाए र के कसरी थारिम खोल्ने विचार गरे त्यसका बारेमा आफुलाई केहि थाहा नभएको नगर प्रमुख हरि जंग शाहीले बताए । उनका अनुसार गएको १० गते छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा उदघाटन भै सञ्चालन भई रहेका बेला नेकपा सर्मथक जनप्रनिधिहरुले नाराबाजा गदै आफुलाई लक्षित गरि खुसार्नीको धुलो प्रहार गरेको र नगरसभा उद्घाटनको भोलीपल्ट नगरपालिकामा आई उनीहरुले तालाबन्दी गरे आज फेरी आफै आएर खोलेछन ।

यता उपमेयर पक्षहरुले सधै आफना सदस्यहरुलाई प्रलोभनमा पारेर आफनो बहुमत जुटाई आफनो स्वार्थ पुरा गर्ने गरेकाले यो पटक सहमती, सहकार्य र समझदारीमा नगरसभा गरौ भन्दा पनि सहमती नगरेर बल मिचाई गरेर नगरसभा उद्घाटन गरेकाले आफुहरुले नगरपालिका तालाबन्धि गरेको बताईन ।

कार्वाहि देखि नगरसभा सञ्चालन लाई निरन्तरता दिने

नगरपालिकाको सातौ नगरसभामा नगरप्रमुख लाई खुसानीको धुलो प्रहार गर्ने जनप्रतिनिधि लाई कार्वहि गर्ने र सभाको निरन्ता दिने निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यलय मुगुमा दुवै पक्षका पार्टि प्रमुख जनप्रतिनिधि वार्तामा बसेर नेकपा सर्मथक नेताहरुले नगरसभाम खुर्सानिको धुलो प्रहार गर्ने र उत्शृखल गतिबिधि गर्ने १० जना लाई कार्वहि गर्ने र सभा निरन्ता दिर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस