असार १३, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू यस प्रकार रहेका छन ।
१.नेपाल दलित संघ काठमाडौँ जिल्ला समितिले रुकुम पश्चिममा भएको ‘सोती’ नरसंहार तथा बिभेदको बिरोधमा र्याली तथा कोणसभामा कार्यक्रम गर्ने ।
स्थान:-शान्तिबाटिका,रत्नपार्क ।
समय:-७:०० बजे ।
२.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।
३.स्वतन्त्र युवाहरूले एमसीसी सम्झौताको विरुद्ध बिरोध र्याली तथा कोणसभामा कार्यक्रम गर्ने ।
स्थान:-पासाङ्ग ल्हामु चोकबाट र्याली सुरु भई चावाहिल चोकमा पुगेर कोणसभामा परिणत हुने ।
समय:-११:०० बजे ।
४.हाम्रो नेपाल हामी नेपली अभियानले एमसीसी विरुद्ध विरोध कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-१२:३० बजे ।
५.स्वतन्त्र नारीहरूले एमसीसी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-१३:०० बजे ।
६.संयुक्त रास्ट्रिय नागरिक आन्दोलन तयारी समितीले एमसिसी,सिमा,नागरिकता,बैंक ब्याज,PCR टेस्ट तथा रास्ट्रघातका विरुद्धमा नागरिक खबरदारी सभा गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय :-१३:०० बजे।
७.नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्य समितिले रुकुम पश्चिममा भएको सोती नरसंहार लगायत देशभरिका जातीय हत्या एवं विभेदको विरुद्ध बृहत् विरोध सभा कार्यक्रम गर्ने ।
स्थान:-जोरपाटी चोक ।
समय:-१५:०० बजे ।
८.कीर्तिपुर नगरवासिहरूले कीर्तिपुरमा होम क्वारेन्टाइन स्विकार्य छैन,क्वारेन्टाइनको व्यवस्था गर भनि स्थानीय सरकारलाई दवाव दिन दबाबमुलक कार्यक्रम गर्ने ।
स्थान:-पांगा जाने दोबाटो,कीर्तिपुर ।
समय:-१६:०० बजे ।
९.संयुक्त राजनितिक दलित संघर्ष समितिले रुकुम पश्चिम सोति नरसंहार लगायत देशभरिका जातीय हत्या एवं विभेद विरुद्ध मसाल जुलुस कार्यक्रम गर्ने ।
स्थान :-देशभर ।
समय:- नखुलेको ।
१०.स्वनाम साथीको संयोजकत्वमा गठन भएको एमसीसीविरुद्ध संयुक्त संघर्ष समितिले २०७७/०३/०८ देखि हाललाई ३/१६ गते सम्म साँझ २०:०० बजे १० मिनेट बत्ती निभाएर (Black out गरेर ) एमसीसी को विरोध जनाउने ।
११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।