• २०८१ चैत्र १२ गते बुधवार

देशै भरमा नमुना वडा बन्दै सुर्यबिनायक वडा नम्बर ८

सन्दिप खनाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १४, भक्तपुर ।  बिकास एक अभियान हो जसमा सबैको हातेमालो आबस्यक हुन्छ यो कुरालाई निकै गहन अध्ययन र चिन्तन गरेका अनुभबी राजनितीज्ञ तथा सुर्यबिनायक नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष किरण थापा ।

जस्ले आफ्नो राजनितिलाइ व्यावसाय बनाएनन बरु आफ्नो व्यावसाय सँगसँगै राजनितिलाइ अगाडि लगे । राजनिती एक सेवा हो जस्लाइ पेशा बनाइनु हुदैन भन्ने दर्हो अडान राखे । अब उहाँको परिचय एक सफल ब्यबसायी भन्दा माथी उठेर अत्यन्त सफल राजनीतिज्ञको हुन पुगेको छ । शिक्षाको ज्योती मानव जिवनको सम्मुनती भन्ने मुलनारालाइ नारामा मात्र गरेका छैनन कार्यन्बयन तहमा लगेर एक शिक्षित सम्मुनत नगरपालिका बनाउन उद्धत पनि छन ।

जहाँ इच्छा तेहा उपाय भन्ने उक्तिलाई बुझेका यी राजनितीज्ञ कसरी हुन्छ आफ्नो क्षेत्रलाई अगाडि बढाउन अहोरात्र खटिएका नै छन । लाग्छ जनहितलाइ नै सर्बोपरी मान्ने येस्ता २०-३० जना मात्र नेता पनि देशले पाएको भए आज नेपाल नेपाल मात्र नभएर सम्मुनत नेपाल बन्थ्यो होला । कोरोना कहरको समयमा पनि उचित बन्दोबस्ती राहत बितरण जनताको जनजिबिकाको सुरक्षा स्वास्थ्य हेरचाह त कहिले जगातीमा विभिन्न संघसस्थाको साथमा निमुखा जनतालाइ भोजन गराउने कार्यमा सधै तल्लिन रहन्छन बिकासको परिभाषालाई राम्रो सग बुझेका नेता । जस्ले भौतिक बिकासलाइ मात्र बिकास नमानेर भौतिक सगसगै आर्थीक राजनितिक सामाजिक सास्कृतिक र शैक्षिक बिकास नै सर्बाङ्गिण ठान्दै कहिले पुराना ऐतिहासिक सम्पदा संरक्षण गर्न योजना बनाउछ्न त कहिले सडकमा बिस्वासिलो प्रबिधी आस्फाल्ट नै प्रयोग गर्ने नीति अपनाउछ्न र कार्यन्बयन गर्छन । कहिले खानेपानीको अभाबलाइ परिपुर्ती गर्न अल्पकालीन मध्यकालिन र दीर्घकालीन नीति तर्जुमा गर्छन र टयाङ्रकर देखि डिप बोरिङ्ग साथै मेलम्ची सम्मको योजना ल्याउछन।

आफ्नो वडामा लैजान्छ्न राजधानी सँग येति नजिक भएर पनि बिधुतिकरण हुन नसकेको क्षेत्रमा यिनै राजनितीज्ञले गरेर आज ८ नम्बर वडा पुर्ण रुपमा उज्यालो हुन पुगेको छ भने जनताको हरेक सुख दुखमा जहाँ भए पनि जुन अबस्थामा भए पनि साथ दिन पुग्छन । आज उहाँको कार्य बुझ्ने सबैले भन्न थालेका छन नेता हुन त येस्तो । अहिले वडा अध्यक्ष हुदा त येस्तो काम गर्छन भोलि मेयर हुदा यिन्ले हाम्रो नगरपालिकालाई कायापलट नै गर्न सक्छन । त्यसैले किरण आज नगरपालिकाको साच्चै नै आशाको चम्किलो किरण हुन सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस