• २०८० फाल्गुन १० गते बिहिवार

मनकारी तिनभाई : विपद कोषमा ४० हजार प्रदान

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १५, मुगु । आफना बाबुको सोमबार पर्न गएको एकतृष्ठि तिथीको खर्च कटाएर उहाँका एक दाजुभाईले स्थानिय सरकारहरुलाई सहयोग गरेका छन । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाँउका तिन दाजुभाईहरु लोकेन्द्र बहादुर मल्ल , नृपेन्द्र बहादुर मल्ल र भुपेन्द्र बहादुर मल्लले आफना बुवाको सोमबार पर्न गएको २२ औं एकतृष्ठ तिथीको खर्च कटाएर कोरोना रोकथाम,नियन्त्रण,उपचार तथा राहतका लागी स्थानिय सरकारहरुले स्थापना गरेका कोषहरुमा जम्मा गर्ने भएका हुन ।

जिल्लामा रहेका ४ वटै स्थानिय सरकारहरु छायाँनाथ रारा नगरपालिका,खत्याड,सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिका मार्फत लड डाउनले दुख्ख पाएका अपाङ्ग,असाय,विरामी र गरिव परिवारलाई दिईने राहत तथा अन्य सेवामा सहयोग होस भनेर प्रति स्थानिय तह १० हजारका दरले ४० हजार रुपयाँ उपलब्ध गर्ने जेठा छोरा लोकेन्द्र बहादुर मल्लले बताए । उनले भने प्रत्येक बर्षको बुवाको मृत्यु भएको दिन एकतृष्ठ तिथी मनाउदा आफन्तजन,शुभचिन्तक,दिदिवहिनी तथा भान्ज ज्वाईहरु सहभागी हुन्र्थे । यो बर्षको तिथीमा कोरोना भाईरस रोकथाम,नियन्त्रण,उपचार र राहतमा सहज होस भनेर सरकारले बन्दाबन्धी गरेकाले एग्लै तिथी प्रकृया पुरा गरयौ र यो बेला ठुला जमघट नगर्न समेत भनेकाले तिथीमा खर्च हुने पैसा स्थानिय सरकारको विपत व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेका हुन ।

सोमवार सबै स्थानिय सरकारहरुको विपत व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भने पनि जिल्लामा रहेको राष्टिय बाणिज्य बैकको शाखा लकडाउनका कारण आइतबार,मंगलबार र विहिबार मात्र खुल्ने भएकाले मंगलबार सबै स्थानिय तहको खातामा रकम जम्मा गर्ने माईला छोरा नृपेन्द्र बहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस