बैशाख १५,रोल्पा । व्यावसायी तथा समाजसेवी अमला रोका मगर द्धारा रोल्पाको थबाङ गाउँपालिकालाई एक लाख तीस हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।
कोरोना भाईरस (कोभिड १९) ले विश्व आक्रान्त पारिरहेको परिस्थितीमा नेपाल लगायत विभिन्न मुलुकमा महामारीको रुपमा फैलिरहेको अवस्थामा यस महामारीबाट नागरिकलाई स्वास्थ्य सुरक्षा दिन उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री अपुग भैरहेको बेलामा थबाङ गाउँपालिकामा खटिने स्वास्थ्यकर्मीहरुको लागी व्यावसायी तथा समाजसेवी अमला रोका मगरले १० थान थर्मल गन ,१० वटा एन नाइटी फाइभ मास्क र दुई सय पचासवटा सर्जिकल मास्क गरी करिब एक लाख तीस हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन अनन्त को सचिवालयमा कार्यरत जनसम्र्पक अधिकृत जिवन रोकाले बताउनुभयो ।
व्यावसायी तथा समाजसेवी रोकाले सहयोग गरेको स्वास्थ्य समाग्री सोमबार साझ सम्म थबाङ आइपुग्ने समेत जनसम्र्पक अधिकृत रोकाले बताउनु भयो ।
थबाङ गाउँपालिका वडा नं. २ मरान्ठानमा जन्मनु भएकी समाजसेवी रोका काठमाडांैमा व्यावसाय गर्दै आउनुभएको छ ।