• २०८० असोज ११ गते बिहिवार

लकडाउन अबज्ञा गर्नेहरु नियन्त्रणमा

३०० लिटर अबैध घरेलु मदिरा नष्ट
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, नुवाकोट । बिश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमणको बिरुद्द नेपाल सरकारद्वारा जारी भएकोलकडाउन निषेद्याज्ञा अबज्ञा गर्ने ३५ जना र ११ वटा मोटरसाइकललाइ नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरुलाई बर्तमान भयावहको अबस्था र संक्रमित रोगको कारण उत्पन्न हुन सक्ने अबस्था एवम् न्युनिकरणको लागी राज्य लगायत आम नागरिकको दायित्वको बारेमा जानकारी गराई छाडिएको छ ।

यसैगरि बिदुर नगरपालिका २ बिदुर बाट अबैध रुपमा उत्पादन तथा विक्रि बितरणको लागि तायारी अवस्थामा रहेको मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी ३०० लिटर बरामद गरी नष्ट गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस