• २०८० फाल्गुन ११ गते शुक्रवार

प्रदेश नम्बर ५. को प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै डिआइजी धानुक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, दाङ । प्रदेश नम्बर ५. को प्रहरी प्रमुखको जिम्मेवारि प्रहरी नायब महानिरीक्षक रबिन्द्र धानुकले समालेका छन । पाँच नम्बर प्रदेशको प्रहरी प्रमुख डिआइजी धानुकले शुक्रबार सरुवा भएर आएका हुन ।

प्रदेश नम्बर ५. को प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी धानुकले विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने बताएका छन । पहाडी जिल्लामा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको उनले बताएका छन ।

प्रदेश नम्बर ५ को जिल्ला रुपन्देही र रुकुम बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरी प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस