चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट थप एक ३४ वर्षीय नेपाली युवा संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी थप एक जनामा कोराना पोजेटिभ देखिएको जनाएको हो ।
कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ भेटिएको हो ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।