• २०८२ जेष्ठ ७ गते मङ्गलवार

आफैं कानुन बनाउने आफै धज्जी उडाउदैं वीरेन्द्रनगर नगरपालिका

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आफूले बनाएको नियम कानूनको धज्जी उडाएको छ । वीरेन्द्रनगरमा मेला तथा महोत्सव गर्नका लागि कार्यविधि बनाई कानून नै बनाएको नगरपालिकाले आफूले नै बनाएको कानूनको धज्जी उडाएको हो ।

वीरेन्द्रनगर नगरपालिकाले बनाएको कार्यविधिमा एउटा संस्थाले तिन बर्षम एकपटक मात्र महोत्सव लगाउन पाउने उल्लेख गरिएको छ । तर एउटै प्रकृतिका र एउटै क्षेत्रगतका महोत्सव एकै बर्षमा लगाउन नमिल्लने कार्यविधि बनाईएको छ । कार्यविधिको परिक्षेद २ को ३ नम्बर बुँदामा उल्लेख भए अनुसार यस्तो प्रावधान राखिएको छ । कार्यविधिमा ‘प्रत्येक आर्थिक वर्षमा एक क्षेत्रगत विषयमा वढीमा १ वटा भन्दा वढी मेला महोत्सव संचालन गर्न नगरपालिकाले अनुमति नदिने भनिए पनि केही समय अघि घरेलु महासंघ कर्णाली प्रदेशले लगाएको महोत्सव कै प्रकृति र क्षेत्रगत रुपमा मिल्ने ‘एक्स्पो’ नाम दिएर उद्योग बाणिज्य संघ सुर्खेतले महोत्सव संचालन गराएको छ ।

यसैगरी कार्यविधिमा पाँच मिनेट भन्दा कम खेल खेले २० रुपैंया, १५ मिनेट खेलेको खण्डमा ३० रुपैंया, तीस मिनेट खेलेको खण्डमा ५० रुपैंया तथा सो भन्दा बढी समय मनोरञ्जन सम्वन्धी खेल खेलेको खण्डमा एक सय रुपैंया मात्रै लिन पाईने उल्लेख छ । तर आम दर्शकले भने तीन मिनेटमै ६ फन्का घुमेर सकिने खेलका लागि एक सय रुपैंया तिर्दै आइरहेका छन् । खुलेआम कार्यविधिका विरुद्ध मेलामा दर्शकबाट कानून विपरित पैसा लुटिरहेका दर्शकको गुनासो छ ।

नगरपालिकाले आधिकारिक रुपमा महोत्सवका नाममा सर्वसाधरणलाई लुटन छुट दिएको नागरिकले गुनासो गरका हुन् । यता वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले आफूहरुले निरन्तर मेलाको अनुगमन गरिरहेको जिकीर गरे । नगरले मेलालाई व्यवस्थित गराउन खोजिरहेको भन्दै उनले कार्यविधि विपरित पैसा लिने गरेको छ भने अनुगमन गरि कार्वाही गरिने बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले महोत्सवबाट मृगौला फेल भएका, मेरुदण्ड भाँचिएका केहि व्यक्तिलाई इन्द्रेणी मार्फत १४ लाख भन्दा बढीको सहयोग गरेको बताए । उनले बाहिरबाट करोडौं लगानी गरेर कर्णालीमा मनोरञ्जनका सामान ल्याएर आएकाहरुको नोक्सन हुने अवस्था आएकाले महँगो शुल्क लिनुपर्ने बाध्यता रहेको स्पष्टीकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस