• २०८१ बैशाख १३ गते बिहिवार

बाँकेबाट बलात्कारको आरोपमा १ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिंह

माघ १३, बाँके । बाँकेको कुसुममा जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन्। रातको समयमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले राप्तीसोनारी गाउँपालिका, १ का २४ वर्षीय विक्रम थारूलाई पक्राउ गरेको हो।

उनलाई इलाका प्रहरी कार्यालय कुसुमबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध जबरजस्ती करणी सम्बन्धिको कसूरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराइ थप प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस